
बिबियु,नारी वाटीका डट्कम
धादिङैं -१७ असोज ।
नेपाली कांग्रेस धादिङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ को सभापति पदमा जनमुखी जनप्रतिनिधिका रुपमा परिचित प्रकाश कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि भुईकटर चिन्ह लिएर निलकण्ठ नगरपालिका वडा नं.८ को वडा अध्यक्षमा टिमै स्वतन्त्र रुपमा चुनाब जितेर वडाध्यक्ष हुंदै नगरपालिकाको प्रवक्ताको जिम्मेवारी समहाली सकेका जनताको सेवामा हरपल जुटेका एक अशल जनप्रतिनिधिका रुपमा परिचित वडाध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस धादिङ प्रदेशसभा क्षेत्र नं.२ को सभापतिको पद निर्वाचित हुनु भएको हो ।
स्थानीय तह निर्वाचनमा अन्य पार्टीमा जस्तै आफ्नै पार्टी नेपाली कांग्रेसका नेताका विस्वास पात्रका रुपमा रहेका अन्य व्यक्तिको भित्री चलखेलका कारण राम्रा र जनताका मुद्धामा काम गर्न सक्ने व्यक्तिहरु भन्दापनि आफ्ना पकेटका मानिसलाई लिएर हिड्ने परिपाटी रहेका कारण श्रेष्ठले टिकट नपाएपछि कांग्रेसभित्रै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।
श्रेष्ठले आफु मात्रै नभएर आफ्नो पुरै स्वतन्त्र टिम लिएर निलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा निर्वाचित भएपछी नागरिकमा कुनै गुनासो आउन नदिने गरी जनमुखी सेवा दिँदै नेपाली कांग्रेस धादिङमा झनै सकृय भई काम गर्दै आएका थिए ।
यही असोज २ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुंदै असोज १४ गते बुधबार सम्पन्न प्रदेशसभा अधिवेशनमा उनी जस्तै अर्का पनि सरल र काँग्रेसकै राम्रा युवा नेताका रुपमा परिचित रहेका र्इश्वर अर्यालकाबिचमा गराईएको चुनाबी पतिस्पर्दामा श्रेष्ठले १७१ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
अधिवेशनमा श्रेष्ठ नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र पुर्व सभापति नेता रमेश धमलासहितको टिमबाट उम्मेदवार बनेका बनेका थिए भने तर अर्याल भित्रि रुपमा सभापति रामनाथ अधिकारीको प्यानल भएतापनि बाहिरी रुपमा उनी एक्लै चुनाबी मैदानमा उत्रिएका थिए ।












प्रतिक्रिया दिनुहोस