
बिबियु,नारी वाटिका डट्कम
धादिङ -७ कात्तिक ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखी दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ। उक्त कार्यक्रमको आज दिउँसो साढे २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उद्घाटन गर्ने तयारी हुंर्दैछ।
कार्यक्रमको उद्घाटन सत्रमा पुष्पकमल दाहालले संयोजन गर्दैछन् भने सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
नेकपाले मुलुकमा बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखी नै प्रधानमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । सोही विरुद्धमा यसअघि नै दसैँलगत्तै आन्दोलनमा जाने घोषणा गरेको थियो। यस अभियानबाट नेकपाले सरकारलाई दबाब दिन र पार्टीलाई थप बलियो बनाउने लक्ष लिएको जनाएको छ।
निर्देशनमा पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा संगठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने, सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र रूपमा सञ्चालन गर्ने उल्लेख गरेको छ।
यसैगरी, राष्ट्रिय जागरण अभियानले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताहरुमा सकृयता, अधिवेशन सम्पन्न, महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गर्ने उल्लेख गरिएको छ।
राष्ट्रिय जागरण अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।












प्रतिक्रिया दिनुहोस