आज: २०८३ कार्तिक २६, बुधबार | Wed, 11, Nov, 2026

अचानक मौसममा फेरबदल भइ असिनासहित मुसलधारे पानी पर्यो

२०८३ कार्तिक २६, बुधबार मा प्रकाशित ( ५२ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२५ कात्तिक ।

आज अचानक मौसममा फmेबदल भइ काठमाडौंसहित देशका विभिन्न भागमा असिनासहितको मुसलधारे पानी परेको छ ।

केही दिनदेखी देशका हिमाली तथा पहाडका माथी माथी क्षेत्रमा हल्का वर्षा भएतापनि बाँकी भुभागमा खासै वर्षा भएको थिएन । तर आज अचानक मौसममा ठूलो परिवर्तन आइ दिउँसोको समयमा आकस्मिक वर्षासँगै असिनासमेत परेको हो ।

बिहान सम्म खासै झरी पर्ने अनुमान गरिएको थिएन । तर दिउँसोको १ बजेपछी आकाशमा एकाएक कालो बादल मडारिएर काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र असिना परेको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार वायुमण्डलमा आएको र आपतकालीन रूपमा विकसित भएको स्थानीय मौसमी प्रणालीका कारण आज एकाएक मौसम बदलिई वर्षा र असिना पर्न गएको जनाएको छ ।

यसरी मौसममा अचानक आएको परिवर्तनले गर्दा अपरान्हपछिको जनजीवन र तापक्रममा समेत सामान्य चिसोपन बढेको छ। मौसम विज्ञान विभागले मौसमको यस्तो प्रकारको आकस्मिक बदलावलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन तथा यात्रा गर्दा सचेत रहन सबैमा अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑