
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ – धादिङ समाज जापानले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
आईतबार धादिङ समाज जापानद्धारा राजधानी टोकियो स्थित ईकेवुकुरोमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जना पुरुष र ४ जना महिला गरि ४० जनाले रक्तदान गरेका हुन् । वाध्यता भनौ या परिस्थितीले विभिन्न देशमा रोजगारी,अध्ययनरत नेपालीहरु परवासमा रहेर पनि स्वदेशको विकासमा योगदान पुर्याउदै रहेका छन् । परदेशमा रहेका नेपाली समुदायहरु बाट नेपालको अर्थतन्त्रलाई मात्रै नभई स्वास्थ्य, शिक्षा,विपत व्यवस्थापनमा आर्थिक,नैतिक र प्राविधिक हिसावले महत्वपुर्ण सहयोग पुर्याउदै आईरहेका छन् । अझ भन्नु पर्दा २४ घण्टामा १८ घण्टा काममा खटेर ६ घण्टा मात्र सुत्ने,घडिको सुई अर्थात रेलको रफतारमा कुदेर हरेक समय काममा व्यस्त रहने देशमा फुर्सद भने विरलै हुने गर्दछ तथापि विदाको दिन अथवा समय मिलाएर भएपनि समाजको लागी केही गर्नु पर्छ भन्ने मुख्य उदेश्यका साथ विभिन्न नेपाली संघ संस्थामा आवद्ध रही सामाजिक कार्य गर्दै आएको छ । सोही अनुरुप रक्तदान नै जिवन दान हो भन्ने मर्मलाई आत्मसाथ गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा जापानिज समुदायले पनि रक्तदान गर्ने कार्यमा सहयोग पुर्याएका छन् । जापानिज नागरिकहरुमा आफ्ना लागी मात्रै नभएर देश,जनता र अरुका हितका काम गर्ने,सेवा सहयोगको भावना वढी भएको पाईन्छ । साथै विगत वर्ष देखी नै जापानमा रहेका धादिङ वासीहरु बाट साझा संस्थाको रुपमा स्थापना गरिएको धादिङ समाज जापानले सामाजिक सेवामुलक कार्य संन्चालन गरिदै आईरहेको छ । साथै आगामी दिनमा पनि यस्ता महत्वपुर्ण सामाजिक सेवामा सहयोग पुर्याउने खालका गतिविधीलाई निरन्तरता दिदै जाने धादिङ समाज जापानका अध्यक्ष दिनेश लोहनीले नारी बाटिका खवर अनलाईनलाई जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस