
काठमाण्डौं – स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी वैशाख ३० शुक्रवारका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको हिजो बसेको बैठकको निर्णय अनुसार गृह मन्त्रालयले बिदा दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो ।
यस्तै मतदान केन्द्र रहेका विद्यालयमा ३ दिन बिदा हुने यसअघि निर्णय भएको थियो ।












प्रतिक्रिया दिनुहोस