
धादिङ – धादिङको नीलकण्ठ नगरपालिका ८ ससाहमा आइचरले मोटरसाइकललाई ठक्कर दिदा अर्जुन पोखरलेको मृत्यु भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का २९ वर्षिय गम्भीर घाईते भएका अर्जुन पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
गम्भीर मोटरसाइकलमा सवार अर्का गम्भीर घाईते निलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४ वर्षिय सन्तोष अधिकारी थप उपचारको लागि काठमाण्डौं पठाईएको छ ।
धादिङबेसीबाट काठमाडौतर्फ जादै गरेको बा ५ ख ७०७२ नम्बरको आइचरले वागमती प्रदेश०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । आईचर चालक फरार छन् । फरार चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस