
धादिङ – धादिङको खनियावास गाउँपालिका वडा नं २ अक्थली बाट पेस्तोल सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनियावास गाउँपालिका गाउँपालिका वडा नं २ झार्लाङ का २५ वर्षीय सुनिल तामाङ र २५ वर्षकै अविनास तामाङ रहेका छन् ।
दुबैजनाले उक्त कोठामा अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेका भन्ने गोप्य सुचना प्राप्त भए पश्चात् जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले आज बिहान ३ बजे कोठा बाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
उनीहरुको कोठा खानतलासी गर्दा म्याग्जिन सहितको पेस्तोल एक थान खुकुरी एक थान र मोबाईल सेट ३ थान फेला पारी बरामद गरिएको छ भने दुबैजनालाई हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको ।












प्रतिक्रिया दिनुहोस