आज: २०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

नेपाल र चीन विचको सम्बन्ध थप प्रगाढ बनाउन छु : नवनियुक्त राजदुत विष्णु पुकार श्रेष्ठ

२०७९ अषाढ १९, आईतबार मा प्रकाशित ( ४ साल अघि) ६५५६ पटक पढिएको
नारी बाटिका


धादिङ – नेपाल र चीन विचको सम्बन्ध थप सुमधुर र विकसित बन्ने जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त राजदुत विष्णु पुकार श्रेष्ठले बताउनुभएको छ ।

आइतबार धादिङबेसीमा जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका र नागरिक संस्थाहरुले गरेको बधाइ तथा सुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताउनु भएको हो । चीनसँग नेपालको सदियौँदेखिको सुमधुर सम्बन्ध रहेको बताउदै श्रेष्ठले सम्बन्धलाई थप विकसित बनाउन आफू लागिपर्ने बताउनु भयो ।

त्यस्तै चिन र नेपाल बीचको नाका खुलाउने कुरा पनि महत्वपूर्ण रहेको, चीनले सामानहरु ल्याउन रोकावट गरेको, अध्ययनका लागि चीन पुगेका विद्यार्थीहरुले पनि समस्या भोग्न परिरहेको हुनाले यस्ता विषयलाई लिएर चीनसँग सम्बन्ध विस्तारमा लाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति धादिङ र नीलकण्ठ नगरपालिकाको संयोजनमा भएको बधाइ तथा शुभकामना कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो भने नवनियुक्त राजदुत श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस