आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

आठौं धादिङ महोत्सवमा जवाङ गाउँको सुन्तलाको स्वाद लिन पाईने ।

२०७९ मंसिर २७, मंगलबार मा प्रकाशित ( ३ साल अघि) ९८४७ पटक पढिएको
नारी बाटिका


jawang ko suntala
धादिङ २०७९ मंसिर २७

आउँदो पौष ७ देखी १७ सम्म हुन गैरहेको आठौं धादिङ महोत्सवमा जवाङ गाउँको सुन्तलाको स्वाद लिन पाईने भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ । यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आयआर्जनको स्थायी स्रोतको रुपमा लिईने यही सुन्तलालाइ आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका लागी ल्याइने भएको हो ।
धादिङ महोत्सव मुल आयोजक समिति र बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक वीचको छलफलमा जवाङको सुन्तलालाइ महोत्सवमा राख्ने निर्णय भएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनु भयो ।


राजमार्ग क्षेत्रका बजारहरुमा पोका पोका बनाएर सुन्तला विक्री वितरण भइरहेको देखेको छ, तर कहाँको हो? कसरी उत्पादन भइरहेको छ, ब्यवसायिक खेती गर्दा के के समस्या आउछन् भन्ने जानकारी दिनको लागि सुन्तलाको विक्री संगै सुन्तलाखेतीको ब्यवसायिक ज्ञान बाड्न हिसावले जवाङ गाउँको सुन्तलालाइ महोत्सवमा ल्याउन लागिएको सिंखडाले जानकारी दिनुभयो ।
बेनिघाट रोराङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै चेपाङ सस्कृति र रहनसहन झल्कने झाँकी पनि प्रदर्शन गरिने गाउँपालिका अध्यक्ष थपलियाले छलफलका क्रममा जानकारी दिनुभयो । गाउँपालिकामा बहुसंख्यक चेपाङ समुदायको बसोबास रहेकाले उनीहरुको रहनसहन र सँस्कृतिको प्रचार गर्नको लागि महोत्सवमा चेपाङ झाँकी पठाइने गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।
आगामी पुष ७ गतेदेखि १७ गतेसम्म धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवको हुँदैछ । महोत्सवका सफल बनाउनको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर कामहरु तीव्र रुपमा अघि बढाइएको आयोजक धादिङ उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णुप्रसाद थपलियाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस