आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

आज सीता उत्पत्ति दिवस, अर्थात जन्मदिन ः सीतालाई आदर्श नारीका रुपमा लिइन्छ

२०८० बैशाख १६, शनिबार मा प्रकाशित ( २ साल अघि) ७७८३ पटक पढिएको
नारी बाटिका


वैशाख १६ शनिवार ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस ,आदर्श नारी सीताप्रति श्रद्धा भक्ति पूर्वक पूजा आराधना गरी मनाइँदै छ

हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख गरिए अनुसार त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको धर्म शास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

आदर्श नारी सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जानु भएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म त्याग्नु भएन । , रावण लगायत राक्षस माथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई सामाजिक रुपमा लोक निन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गर्ने गरिन्छ ।

प्तिाले अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई जन्म दिइ वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्म शास्त्रविद् हरु बताउछन् । अयोध्यामा आएका लव, कुशले रामायणको कथा सुनाई सीता निर्दोष भएर पनि वनमा बस्नु परेको कारुणिक गीत सुनाएपछि प्रजाको माग अनुसार सीतालाई ऋषि वाल्मीकि सहित दरबारमा बोलाइएको थियो ।

दरबार आएकी सीताको धेरै अयोध्या वासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी धर्ती मातको प्राथना गरी पृथ्वी भित्र लिइन हुनु भएको थियो । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायण लगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी पवित्र धर्तिको माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् ।

सीता उत्पत्ति भएकी भए पनि आजको दिनलाई सीताको जन्मदिनका रुपमा देश भरका राम जानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइने गरिन्छ । यसैगरी आजैका दिन जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा सहित मेला लाग्ने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस