आज: २०८२ श्रावण ३१, शनिबार | Sat, 16, Aug, 2025

बझाङको खिराताडी केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प

२०८० भाद्र १, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ६२९४ पटक पढिएको
नारी बाटिका


१   भदौ  ।

बिहीबार बेलुका ९ बजेर १३ मिनेटको समयमा बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यस अघि पनि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस