
नारी बाटिका
काठमाडौं,१२ भदौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनलाई ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ । मंगलबार कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।
मंगलबार विहानी पख कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै मंगलबार राति देशका पहाडी भूभागको केही स्थानमा र बाँकी भूभागको फाट्फुट स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस