
नारी बाटिका
नेपालगञ्ज,२० असोज ।
केही समयदेखी तनाबग्रस्त नेपालगञ्ज शहरमा अझै पनि सान्ति कायम हुन सकेको छैन । पछिल्लो समयमा हिन्दु र मुस्लिमबिचको द्धन्दले नेपालगञ्ज बजार तनाबग्रस्त नै रहेको अबस्था छ । यही असान्तिका कारण आज पनि प्रशासन कार्यलयले दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाउने क्रम जारी छ ।
आज शनिबार बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताउनु भयो । त्येसैगरी आज बेलुकी ८ बजेदेखि भोली आइतबार बिहान ४ बजेसम्मका लागी कर्फ्यू कायम रहने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
निषेधाज्ञा जारी भएको वेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक र प्रदर्शन गर्न वा पोस्टर, पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न पाइने छैन। यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पनि पाइने छैन ।
सार्वजनिक सम्पत्तिको संरक्षण,जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान र पालना गर्न सबैलाई प्रशासनले अनुरोध गरेको छ ।









प्रतिक्रिया दिनुहोस