आज: २०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

कारण नखुलाई लोकसेवा आयोगद्धारा सहसचिव र उपसचिवको विज्ञापने रोकियो

२०८० आश्विन २४, बुधबार मा प्रकाशित ( २ साल अघि) ११४८१ पटक पढिएको
नारी बाटिका


काठमाडौं,२४ असोज ।

कारण नखुलाई लोकसेवा आयोगद्धारा सहसचिव र उपसचिवको विज्ञापने रोकिएको छ । आयोगले आजै प्रकाशित हुनुपर्ने विज्ञापनको सुचना रोकेको छ। सरकारले माग गरेको कोटा अनुसार आज विज्ञापनको लागी सुचना प्रकाशित गर्नु पर्ने थियो । तर आयोगले कुनै कारण नै नखुलाई विज्ञापन रोकेको सूचना प्रकाशित गरेको हो ।

‘लोकसेवा आयोगको वार्षिक कार्य तालिका चालु आर्थिक वर्ष २०८०।०८१ अनुसार मिति २०८०।६।२४ गते सुचना प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारण वश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८०असोज २३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। तर सरकारले मागेको कोटा अनुसारको सहसचिव र उपसचिव पदको विज्ञापने रोकिएको विशेष कारण के हो त्यो भने खुलाएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस