आज: २०८२ पौष २२, मंगलबार | Tue, 06, Jan, 2026

आज हरिबोधिनी ठुलो एकादशी, तुलसीको विवाह अर्थात भगवान् विष्णुको पुजा आरधना गरिदै

२०८० मंसिर ७, बिहिबार मा प्रकाशित ( २ साल अघि) ५००२ पटक पढिएको
नारी बाटिका


भगवती विवियु

काठमाडौं,७ मंसिर ।

आज हरिबोधिनी ठुलो एकादशीको दिन हो । गएको असारमा सारिएको तुलसीको विरुवाको आजैका दिन विधीपुर्वक विवाह अर्थात भगवान् विष्णुको पुजा आरधना गरिदैछ । प्रत्येक वर्ष मनाईदै आएको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा सानातन धर्मावलम्बीहरुले भगवान् विष्णुको विशेष पुजा आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् ।

सनातन तथा हिन्दुधर्मालम्वी समाजमा आषाढ शुक्ल एकादशीका दिनमा घरका आँगनमा दाहिने पारेर तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ ।यस अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने परम्परा चलि आएको छ।

एकादशीका दिन उपवास (ब्रत) बसी विष्णु भगवानको अको रुप नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा तुलसीका मोठमा हवन गरी चतुर्मासलाई विसर्जन गर्ने गरिन्छ । सार्थ कृर्षकहरुले आफ्ना खेतमा लगाएका धानको नयाँ चामल बनाई भोली दुवादशीका दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने दही चामल आदी बनाई न्वाई खाने परम्परा छ ।

आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु चार महिनासम्म यसै चारमासको अवधीमा पृथ्वीमा झरी मस्त निन्द्रामा पर्नु हुने र आजैका दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले आजको दिनलाई हरिबोधिनी एकादशी भनिएको धार्मिक ग्रन्थ,पुराणमा उल्लेख गरिएको छ।

विष्णु भगवानको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष रहेको हुन्छ। त्यसैले यो दुई एकादशीलाई ‘ठूलो एकादशी भन्ने गरिन्छ ।

वर्षभरीमा आउने अन्य एकादशी भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना (ब्रत) को बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख गरिएको पाईन्छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताउनु भएको छ । नेपालको पञ्चांगहरूमा उल्लेख गरिए अनुसार बिहीबार ३४ घडी ४१ पला अर्थात् बेलुकी ८ बजेर २४ मिनेटसम्म एकादशी रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%२%

प्रतिक्रिया दिनुहोस