
नारी बाटिका
काठमाडौं १३ पुस ।
ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ भने प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको घटनामा ललितपुर स्थित बालकुमारीमा भएको प्रदर्शनमा अहिले सम्म दुई जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । यसअघि किष्ट मेडिकल अस्पतालले २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको जानकारी गराएको थियो ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाहरु आक्रोश भई बालकुमारीमा प्रदर्शन गरेका थिए । इपिएस कोरिया शाखाले उत्पादन मूलक क्षेत्रका लागि आवेदन गरेको र सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो ।
त्यसकै विरोधमा युवाहरु आन्दोलनमा उत्रिएका थिए । एकीकृत समाजवादीका उपमहासचिव रहेका मन्त्री ज्वालाले आफूलाई पार्टीको बैंठकस्थल छोडेर गाडी सिंहदरबार तफै फर्कने क्रममा मंन्त्रि ज्वालको गाडीमा आगजनी भएको थियो । सो घटनापछि स्थित नियन्त्रमा लिन प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो । यसैगरी उक्त प्रदर्शनमाकारी ५४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस