आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

हिजोदेखी आकाशबाट उल्का वर्षा जारी छ भने आज राति पनि पृथ्वी सतहबाट सजिलै हेर्न सकिने

२०८० पौष १९, बिहिबार मा प्रकाशित ( १ साल अघि) ४१४८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १९ पुस ।

हिजोदेखी आकाशबाट उल्का वर्षा हुने क्रम जारी छ भने आज राति पनि उल्का वर्षा नेपालबाट सजिलै देख्न सकिने जनाईएको छ । हिजो राति देखिएको उल्का वर्षा आज राति पनि अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटोरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।

अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अँध्यारो ठाउँबाट उल्काको वर्षा देख्न सकिने बताउनु भएको छ।

उहाँले ुभूतपु उल्का वर्षा उत्तरपूर्वी भागमा देख्न सकिने बताउनु भयो। यसलाई नांगो आँखाले नै अवलोकन गर्न सकिनेछ। उल्का वर्षा ुभूतपु तारामण्डल नजिक देखिने भएकाले यसलाई ुभूतपु उल्का वर्षा नाम दिइएको हो।

साथै प्रतिघण्टा ६० देखि १२० वटासम्म उल्का अवलोकन गर्न सकिनेछ तर सोही समयमा चन्द्रमा पनि आकाशमा देखिने भएकाले यसको उज्यालोले उल्का वर्षा अवलोकनमा केही असहज हुने कार्यकारी निर्देशक शर्माको भनाइ छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस