
काठमाडौं २१ पुस ।
आज तराई भेगमा हुस्सु र कुहिरो साथै दुई प्रदेशमा हिमपात भएको छ । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
शनिबार दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।












प्रतिक्रिया दिनुहोस