
नारी बाटिका

भगवती बिबियु
नारी वाटिका संवाददाता
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रशाद ढुंगानाद्वारा नगपालिकाको योजनाहरुमा अनुगमन निरिक्षणको कार्यलाई तिब्र पार्नु भएको छ । नगरपालिकाको आयोजना अन्तर्रगत नगरपालिकाको वडा नम्बर १४ र २ नं. वडा जोड्ने निर्माणधिन झोलुङ्गेपुलको अनुगमन गर्नु भएको हो ।
नगरपालिकाको वडा नम्बर १४ र वडा नं.२ जोड्ने झोलुङ्गेपुलको निलकण्ठका मेयर तथा नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानर र प्राविधिक सहितको टोलिले अनुगमन गर्नु भएको गरिएको हो । एक्सन नेपालको आर्थिक सहयोगमा ५६ लाख ६ हजार ४०२ रुपैँयाको लागतमा उक्त क्षेत्रमा निर्माण हुने पुल ३ महिना भित्रमा सम्पन्न गर्ने निर्माण समितिले जानकारी दिएको छ ।
अनुगमनकै क्रममा मेयर ढुंगानाले निर्माण समितिका अध्यक्ष सन्तोष बस्ताकोटीसँग कार्य विवरणको विषयमा जानकारी माग्नु भएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि वडा नम्बर २ र १४ का नागरिकहरु लाभान्वित हुनेछन् ।








प्रतिक्रिया दिनुहोस