
काठमाडौं ६ माघ ।
आजः पनि तराईमा हुस्सु र कुहिरो लागिरहेको छ । त्यसैगरी देशको चार प्रदेशमा हिमपात देशका पहाडी भागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा भने हुस्सु र कुहिरो लागिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी केही भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी आज गण्डकी, कर्णाली कोशी, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबारको राति पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस