
नारी बाटिका
भगवती बिबियु
नारी बाटिका संवाददाता
काठमाडौँ ८ माघ ।
आज राति १२ बजेदेखि राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु हुंदैछ । निर्वाचन आयोगले यही फागुन ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागी आज (सोमवार) राति १२ बजेपछि मतदान समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ।
आयोगले प्रचारप्रसार गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचार संहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन।
निर्बाचन आयोगका अनुसार उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट प्रचारप्रसार गर्न पाईने छैन ।
यसैगरी राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अनुरोध गर्नु भएको छ।
आगामी फागुन २१ गते रित्त हुने राष्ट्रियसभाका १९ सदस्यको पदका लागी यही माघ ११ मा निर्बाचन हुंदैछ । नेपालको संविधानले ब्यवस्था गरे अनुुसार सो को कार्यकाल सकिनु एक महिना अगावै निर्वाचन गरिनु पर्ने कानुनी व्यवस्था रहेको छ ।








प्रतिक्रिया दिनुहोस