
काठमाडौं ९ माघ ।
यसवर्षको एसईई परिक्षा आगमी चैत १५ गतेदेखि हुंने भएको छ । परिक्षा नियन्त्रण कार्यालयले परिक्षाको कार्यतालिका सार्वजनिक गर्दै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन गरिने जानकारी गराएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका शोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।
साथै यस पटक देखि प्रत्येक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुन नपाउने समेत व्यवस्था गरेको छ ।
साथमा कार्यतालिका पढ्नु होस् ।













प्रतिक्रिया दिनुहोस