आज: २०८३ जेष्ठ १०, आईतबार | Sun, 24, May, 2026

नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य

२०८० माघ २५, बिहिबार मा प्रकाशित ( २ साल अघि) १२५२० पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ माघ ।

एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको छ । नेपालले क्यानडालाई २२५ को रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको हो।

२२४ रन बनाउने क्रममा नेपालले ओपनर कुशल भुर्तेलले ६२ रनको प्रर्दशन गरेका थिए। त्यस्तै आरिफ शेखले ३८ रन बनाउन सफल भएका छन्।

कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४ बनाएका हुन् ।

साथै ललित राजवंशी र सुर्य तामाङले क्रमश १ र १० रनमा नटआउट भए। यी दुई टिमले तीन खेलको एक दिवसीय शृंखला खेल्नेछन्। नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस