
नारी बाटिका
धादिङ – ५ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ आज धादिङ आउँदै हुनुहुन्छ । उहाँ धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथ्यता ग्रहणको लागी आउन लाग्नु भएको हो ।
फागुन ५ गतेदेखी ८ गतेसम्म धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ स्थित चरौँदीमा राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुँदै छ ।
प्रतिष्ठानले पहिलो पटक धादिङमा आयोजना गर्न गैरहेको राष्ट्रिय दोहोरी गित प्रतियोगिता कार्यक्रमको उद्घाटनसत्रमा सम्बोधन गर्न प्रधानमन्त्री दाहाल धादिङ आउन लाग्नु भएको आयोजक कृष्ण शिशिर ढकालले बताउनु भयो । उहाँ आज १२ः३० बजे कार्यक्रम स्थलमा आइपुग्ने कार्यक्रम रहेको ढकालले जानकारी दिनु भयो ।
उक्त प्रतियोगितामा भाग लिन ४८ टिमको सहभागिता रहेको छ । यस प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार ३ लाख, द्धितिय हुनेलाई २ लाख, तृतिय पुरस्कार १ लाख र सान्त्वना हुनेलाई ५० हजार पुरस्कार राशी रहेको जनाईएको छ । त्यस्तै प्रतियोगी कलाकार मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नव गायिकालाई समेत आकर्षक पुरस्कार प्रदान गरिने राष्ट्रिय लोकगित प्रतिष्ठानले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस