
नारी बाटिका
काठमाडौँ १८ फागुन।
जनक शिक्षा सामाग्री केन्द्रले चैतभित्रै बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्याइसक्ने जनाएको छ । विगतमा समयमा विद्यार्थीहरुले किताब पाउन नसक्दा बालबालिकाको पठनपाठनमा निकै असर परेको थियो । तर यसवर्षमा भने केन्द्रले आगामी चैत मसान्तभित्रमा विद्यालयमा किताब पुर्याउने दाबी गरेको हो ।
त्यसका लागी जनक शिक्षाले कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक प्रकाशन गरिरहेको धमाधम छपाईको काम गरिरहेको जनाएको छ ।कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक एक करोड ४७ लाख सेट पुस्तकमध्ये करिब २५ लाख मात्रै छपाईको काम गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।
यस्तै छपाइ गर्न बाँकी रहेको पाठ्यपुस्तकहरु पनि आगमी चैत १० गते भित्रै काम सक्ने गरी छपाईको काम भैरहेको र १० गतेबाटै प्रदेश विक्री केन्द्रबाट पुस्तक विक्री वितरण शुरु गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ ।
जनक शिक्षा पाठ्यक्रम विकास केन्द्र भन्दा बाहेक ८ वटा प्रादेशिक विक्री केन्द्र र एक हजार २५० वितरण केन्द्रहरू रहेको छ ।








प्रतिक्रिया दिनुहोस