
काठमाडौँ २८ फागुन।
विगतमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड)ले धोका दिएको भन्दै हालको गठबन्धनमा लिखित सहमति हुनु पर्ने नेताहरुको जोड रहेको छ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित सहमति गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
भर्खरै मात्र नेकपा एमाले सहितको नयाँ समीकरण बनाउँदा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी चार दलबीच मात्रै लिखित सहमति भएकाले आफ्नो दलसँग पनि लिखित सहमति हुनुपर्ने सांसदहरूको भनाइ छ ।
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार यो गठबन्धनलाई अगाडि बढाउन गरिने सहमतिहरूमा एकीकृत समाजवादी पनि औपचारिक रूपमै सहभागी हुनुपर्ने सांसदहरूको सुझाव छ ।












प्रतिक्रिया दिनुहोस