आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

गुल्मीमा भीषण आगलागी हुंदा २ जना घाईते,४० घरगोठ जलेर नष्ट

२०८१ बैशाख ९, आईतबार मा प्रकाशित ( २ साल अघि) १०१२३ पटक पढिएको
नारी बाटिका


गुल्मी – ९ वैशाख ।

गुल्मीमा भीषण आगलागी हुंदा २ जना घाईते भएका छन् । साथै उत्त आगलागीबाट ४० घर तथा गोठ जलेका छन् ।

यसैगरी आगलागीबाट ७५ वटा गाई भैंसी,खसी बाख्रा लगायतका पशुचौपायाहरु जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचनाअधिकारी एवं प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनु भयो ।

सुचना अधिकारी पोख्रेलका  अनुसार  गुल्मीको इस्मा गाउँपालिका २ मा पनि शनिबार आगलागी भएको छ। उक्त आगलागीमा परी ४० घर तथा गोठ जलेर नष्ट भएको हो।

गाउँबस्ती नजिकैको सामुदायिक वनमा लागेको आगो हावा चलेका कारण नजिकैको बस्तीमा आइपुगेको हो। आगोलागीका  कारण २ जना घाईते भई उपचारको लागी तानसेन अस्पताल  पठाईएको पोख्रेलले बताउनु भयो ।

आगलागीबाट  ४०  घरगोठ जल्दा थुप्रै घर पालुवा जनावर पनि जलेको बताइएको छ। शनिबार अबेरसम्म आगो नियन्त्रणमा आउन सकेको थिएन । सो बाट के कती क्षेति भयो भन्ने बारे थप विवरण आउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस