
नारी बाटिका
काठमाडौँ २२ वैशाख ।
आज देशका पाँच प्रदेशहरुमा चट्याङ सहित सामान्य वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।
साथै यी प्रदेशका बाँकी भुभागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज (शनिबार)दिउँसो देशका पहाडी भुभागमा आंशिक बदली तथा बाँकी भुभागमा मौसम सफा रहने छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भुभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।
आज देशका उच्च पहाडी तथा हिमाली भुभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । यस्तै आज राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिउँ पर्ने सम्भावना पनि रहेका महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस