आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

आजको मौसम : यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

२०८१ बैशाख २३, आईतबार मा प्रकाशित ( १ साल अघि) ९८७४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ वैशाख ।

आज देशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको कारण देशका केही भूभागमा आइतबार वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पहाडी भूभागमा आंशिक बदली भैरहेको छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने जनाएको छ।

जस अनुसार कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारण तया बदली हुने जनाएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भागमा हावाहुरीको पनि सम्भावना छ।

आज (आईतबार)राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस