आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

आजको मौसम : यी प्रदेशमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना

२०८१ बैशाख २७, बिहिबार मा प्रकाशित ( १ साल अघि) १२०१६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २७ वैशाख।

आज यी प्रदेशहरुमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले सचेत रहन जानकारी गरिएको छ । हाल नेपालमा स्थानीय वायु, र पश्चिमी वायुको प्रभाव रहेको छ । साथै केही दिनदेखी भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको कारण मौसमी फेरवदल छ।

जसको प्रभावले अहिले विहानसम्म देशभर आंशिक देखि साधरणतया बदली रही कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू(भागका केही स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। आज (बिहिबार)राति देशभर आंशिक देखि साधरणतया बदली रहने जनाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू(भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस