आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई बालिकाको मृत्यु

२०८१ बैशाख ३०, आईतबार मा प्रकाशित ( १ साल अघि) ११९९३ पटक पढिएको
नारी बाटिका


कैलाली- ३० वैशाख।

कैलालीको कैलाली गाउँपालिका(८ लोहरपुरस्थित तेडी बाध नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली(८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिनु भयो।

प्रहरी निरीक्षक अधिकारीका अनुसार बालक खड्काको घटनास्थलमै मृत्यु भएको हो भने बालिका साउँदको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस