आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

सशस्त्र प्रहरी प्रवक्ता तथा सुचना अधिकारीमा डिआइजी न्यौपानेलाई तोकियो

२०८१ जेष्ठ ४, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १०५४९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ४ जेठ ।

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सुचना अधिकारीमा डिआइजी न्यौपानेलाई तोकिएको छ । सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी)कुमार न्यौपानेलाई तोकिएको हो ।

यसअघि सशस्त्र प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी रहनु भएका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि महानिरीक्षक न्यौपानेलाई उक्त जिम्मेवारी प्रदान गरिएको छ ।

यसअघि महानिरीक्षक न्यौपाने सशस्त्र प्रहरी बल, नेपाल ७ नं बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपतिमा कार्यरत हुनुहुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस