
नारी बाटिका
काठमाडौँ १४ जेठ।
आज देशका यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू(भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ।
जसका कारण आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा साधरणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने मौसम पुर्वामानमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तै आज (शोमबार) कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।








प्रतिक्रिया दिनुहोस