
नारी बाटिका
काठमाडौं -६ असार ।
पशुपतिनाथ मन्दिरमा चढाएको भेटी चोरी प्रकरणमा पक्राउ परेका पाँचजना कर्मचारीहरु पुर्पक्षका लागी जेल चलान भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले लागि उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो ।
जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले हिजो थुनछेक बहस सकिएसंगी आरोपित पाँचै जनालाई थुनामा पठाउने र एकजनालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सो प्रकरणमा जेल चलान भएकाहरु काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा रहेका ५१ वर्षीय नवराज ढोडारी, ब्राह्मण पदमा कार्यरत काठमाडौं ६ बस्ने ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
यसैगरी सोही प्रकरणमा कागेश्वरी मनोहरा ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा ९ बस्ने ३५ वर्षका कुमार दमाई परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका १२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन् ।
सोही भेटी चोरी प्रकरणमा काठमाडौं ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अनुसन्धानका क्रममा टिभी फुटेजले जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्त विरुद्ध डाँका–चोरी सम्वन्धि कसुरमा मुद्दा दर्ता भएको छ।








प्रतिक्रिया दिनुहोस