आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

आज यी स्थानमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन सुझाव

२०८१ अषाढ १७, सोमबार मा प्रकाशित ( १ साल अघि) १०४०९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १७ शोमबार।

आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शोमबार कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अति वर्षा हुने सम्भावना छ।

त्यस्तै महाशाखाका अनुसार देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यसैगरी आज दिउँसो कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने अति वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भने अति वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार आगामी चार दिनसम्म देशभर मनसुन सक्रिय रहँदा धेरै स्थानमा वर्षाको सम्भावना छ। भारी र अति वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम रहेको महाशाखाले जनाएको छ ।

जसका कारण ति क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस