
नारी बाटिका
काठमाडौं १९असार ।
आयोडिन युक्त धुलो नुन एकैपटक प्याकेटमा ६ रुपयाँको दरले मुल्य बढेको छ । सरकारले ८ बढाएको नुनको भाउ पकेमा ६ रुपयाँका दरले बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकको निर्णले नुनको भाउ बढाएको बताएका छन्।
यसअघि प्रति प्याकेट २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्याइएको छ । थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्यमा पनि २३ रुपैयाँ पुर्याइएको हो ।
न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ । राजभण्डारीका अनुसार मूल्य बढेपनि कम्पनीलाई भने अझै पनि घाटा हुने बताएका छन् । यसअघि प्रतिकिलो २८ रुपैयाँ पर्ने नुनलाई कम्पनीले घटायर १८रुपैयाँ.५० पैसामा बेचिरहेको थियो ।
अबदेखी थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । मुल्य बढेको अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने कम्पनीको भनाई छ । सरकारले जनतालाई नुनको लागी सेवा दिएको भएर नाफा नखोजिएको कम्पनीले बताउँदै आएको छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै जाँदा घाटा चाहिँ नहुने गरी योजना तय गरिने बताएको छ ।








प्रतिक्रिया दिनुहोस