
दाङ २४ असार ।
तुलसीपुर दाङमा बाघले आक्रमण गरी तीन महिलाहरु घाइते भएका छन्। बाघको आक्रमणबाट घाईते हुनेहरुमा तुलसीपुर(९ वेलुवाका ४५ वर्षीया कमला केसी रहेका छन् ।
त्यसैगरी सोही स्थानकी ५३ वर्षीया सीताकुमारी भण्डारी र सोहीस्थित १८ वर्षीया सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भयो ।
आज (सोमबार) बिहान तुलसीपुर उपमहानगरपालिका ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गर्न आएको थियो।
बाघको आक्रमणबाट केसीको दुवै हातमा सामान्य चोट लागेको छ । त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ।












प्रतिक्रिया दिनुहोस