
नारी बाटिका
काठमाडौं २९ असार ।
शुक्रबार विहान नारायणी नदीमा बेपत्ता भएको २ वटा बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी कार्य सुरु गरिएको छ । बिहिबार राति करिव साँडे तिन बजेको समयमा दुई यात्रुवाहक बस नारायणी नदीमा दुर्घटनामा परी बेपत्ता भएको थियो । घटनापछी नेपाली सेना,सशस्श्र प्रहरी बल,नेपाल प्रहरीका तालिम प्राप्त सुरक्षाका टोलिले द्रुतगतिमा खोजी रहेको भएतापनि नदीमा पानीको बाभ निकै भएकोले बस तथा यात्रुहरुलाई फेला पार्न सकिरहेको छैन ।
उक्त दुर्घटनाबाट वेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ भने सोही क्यामराको सहायतामा तिब्र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।।
खोजी कार्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर सहित २५ जना र नं.१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएका छन् । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
बिहिबार बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलतालमा हिजो (शुक्रबार)बिहान नारायणी नदीमा खसेको थियो ।








प्रतिक्रिया दिनुहोस