
काठमाडौं ४ साउन ।
सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका २ जना यात्रुको शव आज भारतीय भूमिमा फेला परेको छ । सुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनु भयो ।
यसैगरी अहिलेसम्ममा २३ जनाको शव फेला परेको डिएसपी थापाले जानकारी दिनु भयो। बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको उहाँले बताउन् भयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो।
अहिलेसम्म फेला परेको २३ शवमध्ये जम्मा १४ शवको सनाखत भएको छ भने अझै ८ जना पुरूष र एक जना महिलाको सनाखत हुन बाँकी छ।












प्रतिक्रिया दिनुहोस