
काठमाडौं १६ साउन ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख ज्ञवालीमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीको सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी)ज्ञवालीमाथि छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी दिनु भएको हो ।
वुधबार प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राईको नेतृत्वमा बनेको पाँच सदस्यीय समिति बनाइएको छ । प्रधान कार्यालयको उजुरी छानबिन शाखामा उहाँ विरुद्ध उजुरी परेपछि अर्का एआइजी टेकप्रसाद राईको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेको भन्दै उहाँमाथि प्रहरी मुख्यालयले छानबिन गर्न लागिएको बताईएको छ












प्रतिक्रिया दिनुहोस