
नारी बाटिका
जाजरकोट ३ भदौ ।
जाजरकोटमा गएको पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ। आज बिहान नलगाड नगरपालिका–२ माझगाउँमा पहिरो खस्दा एकै परिवारका ३ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया उनकी पत्नी मनिसा परियार र दुई वर्षीय छोरा शिभम परियार रहेका छन्।
उनीहरु भूकम्पपीडितले प्राप्त गरेको राहतबाट निर्माण गरिएको अस्थायी टहरामा बस्दै आएका थिए। सोही ठाउँमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ ।
घटनाको खबर प्राप्तपछी प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको जनाईएको छ।








प्रतिक्रिया दिनुहोस