
नारी बाटिका
तस्वीर: सामाजिक संन्जाल
बझाङ ४ भदौ ।
अविरल वर्षाका कारण बझाङमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका(१० टुमेडा बस्ने ६२ वर्षीय बिर बहादुर धामीको घर राति खसेको पहिरोमा परी ४ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्दारको गर्ने क्रममा चारै जनाको शव फेला परेको हो । साथै सोही पहिरोले घरभित्र सुतिरहेका बिर बहादुर समेत ६ जना सामान्य घाइते भएका छन्।
प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस