
नारी बाटिका
रौतहट १ असोज ।
रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । सोमवार राति प्रादेशिक अस्पतालमा अख्तियारको टोलीले गई छापामारी गरेको हो।
आयोगले अस्पतालको स्टोर रुममा खरिद गरिएको औसधि उपकरण भए नभएको बुझी मुचुल्का गरी लगेको छ। अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोही अनुसार मुचुल्का उठाई अस्पतालमा छापा मारेको श्रोतले जनाएको छ।
स्टोरमा रहेको उपकरण र औषधि बारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासंग केही बेर सोधपुछ पनि गरेको थियो। अस्पताल विकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका हुन् ।
मधेश प्रदेशका प्रादेशिक आपूर्ति समितिले प्रदेशभरी अस्पतालहरुमा आपूर्ति गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि सो विषयमा अख्तियारले अनुसन्धान गरेको जनाएको छ । अस्पताल स्रोतका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरण बारे छानबिन कार्य थालेको छ।
अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला वितरण, करार कर्मचारी भर्ना देखि निजी क्लिनिक र ल्याबसंग मिलेमतो गरी खरिद गरेको एक स्रोतले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस