
बिबियु नारी वाटिका संवाददाता
काठमाडौँ ११ असोज।
भारी वर्षाका कारण आज र भोली यी नदी बाढीको उच्च र अति उच्च जोखिम हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले जानए अनुसार शुक्रवार र शनिवार मध्यम, उच्च र अति उच्च बाढीको जोखिम देखिएपछी सो नदीहरूको बारेमा विशेष बुलेटिन मार्फत जानकारी गराएको हो ।
विभागको बिहिबार साँझ एक बुलेटिन प्रकाशित गर्दै महाशाखाले ती नदी र त्यसका सहायक नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध पनि गरेको छ। साथै मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गरेपछि बाढीको पूर्वानुमान गरी हिजै साँझ ५ बजे सो बुलेटिन सार्वजनिक गरेको थियो।
विशेष गरी देशका ठुला र गहिरो नदीहरु मध्यकापनि नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीहरूमा यही असोज ११ र १२ गते जल सतह बढेर उच्च र अति उच्च जोखिममा पुग्ने जनाइएको छ।
सो को पुरै विवरणसहित हेर्नुहोस्













प्रतिक्रिया दिनुहोस