
बिबियु
धादिङ -२१ असोज ।
यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानहरूबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गईरहेको हुनाले नेपालको बाँकी भू(भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ । साथै मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताएको छ ।
गत सातामा मात्रै प्राकृतिक प्रकोपमा परी नेपालमा ठलो धनजनको क्षति भएकोले पछिल्लो समयमा मौसमी अवस्था निकै महत्वका साथ हेरिएको कारण नागरिकहरुले पनि यसमा निकै चासो राख्दै आएका छन । जसका कारण यस सम्बन्धी थप जानकारी मौसम पूर्वानुमान महाशाखाले पनि अद्यावधिक गर्दै गैरहेको छ ।












प्रतिक्रिया दिनुहोस