आज:  | Thu, 01, May, 2025

माओवादीले सरकार विरुद्ध आउँदो १० गते काठमाडौंमा प्रदर्शन गर्ने

६ कार्तिक २०८१, मंगलवार ११:१८ मा प्रकाशित ( ६ महिना अघि) १५८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ कार्तिक ।

नेकपा माओवादी केन्द्रले यसै कार्तिक १० गते काठमाडौंमा जन प्रदर्शन र खबरदारी सभा गर्ने भएको छ। केपी वलीको नेतृत्वमा संन्चालित सरकारले गलत कमद चालेको भन्दै सो को विरोधमा ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो कुरा बताउनु भएको हो । मंगलबार केन्द्रीय कार्यालयमा बसेको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त विरोध सभाको लागी खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिएको प्रचण्डको सचिवालयले जनाएको छ।

त्यस्तै माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् ।

साथै सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस