
नारी बाटिका
काठमाडौं १० कार्तिक ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई चेतावनी दिएका छन् । आज राजधानीमा आयोजित सरकारविरुद्ध गरेको खबरदारी सभालाई गम्भीरता पूर्वक लिन सरकारलाई चेतावनी दिएका हुन् । पार्टीले आयोजना गरेको आजको खबरदारीसभालाई सम्बोधन गर्दै उनले यो सभाको सन्देशलाई बुझ्न आग्रह गरे ।
पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष दाहालले भने, ‘भनिन्छ, बिहानले दिउँसोको संकेत गर्छ, यो खबरदारीसभाको सन्देशलाई सरकारले गम्भीरता पूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने संकेत यही सभाले गरेको छ । यसमा गम्भीर हुन सरकारलाई चुनौती दिन्छौं ।’








प्रतिक्रिया दिनुहोस