
नारी बाटिका
काठमाडौं २० कार्तिक ।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको छ।
सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका रवी लामिछानेमाथि अनुसन्धानका निम्ति यसअघि पनि दुईपटक म्याद थप भइसकेको छ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका थिए। उनलाई पोखरास्थित प्रहरीको हिरासतमा राखी अनुसन्धान सकिएसँगै आज प्रहरीले बुटवल लैजाने तयारी गरेको छ ।








प्रतिक्रिया दिनुहोस