आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

धादिङको सल्यानटारमा दोस्रो कृषि प्रदर्शनी तथा व्यापार मेला शुरु

२०८१ मंसिर ६, बिहिबार मा प्रकाशित ( १ साल अघि) ५३८९ पटक पढिएको
नारी बाटिका


धादिङ ६ मंसिर ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ।

बुधबारदेखी सुरु गरिएको कृषि प्रदर्शनी तथा व्यापार मेलाको मुख्य आयोजक हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ । स्थानिय तहमा उत्पादन भएका कृर्षीजन्य वस्तुहको प्रर्वद्धन गर्ने उदेस्यले आयोजना गरिएको उक्त मेलाको बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घाटन गर्नु भएको हो।

मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै मन्त्री सिलवालले सल्यानटारमा सिंचाईको पहल गरि किसानलाई आत्मनिर्भर बनाउन आफ्नो कार्यकालमा पहल गर्ने आसवासन दिनु भएको छ। यस्तै मन्त्री सिलवालले लोप हुदै गएको थुप्रै रैथानेबालीहरु सल्यानटारमा उत्पादन हुने भन्दै सिंचाईको व्यवस्था भए किसानहरु आत्मनिर्भर बन्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रमको मुख्य आयोजक हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेश श्रेष्ठले स्थानिय कृषि उपजलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुग्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको बताएका छन्। यस्तै अध्यक्ष श्रेष्ठले सल्यानटार पर्यटकिय, धार्मिक तथा ऐतिहासिक तवरले मात्र प्रख्यात नभई कृषि जन्य उत्पादनको पनि प्रवल सम्भावना रहेको क्षेत्र भएको बताए।

साथै यस महोत्सव मंसिर १५ गतेसम्म सञ्चालन हुने र महोत्सवमा करिव एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको आयोजकको अपेक्षा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस