आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

घरमा काम गर्न राखिएकी बालिकालाई बलात्कार गर्ने पूर्वमेयर शिवाकोटी पक्राउ

२०८१ मंसिर २५, मंगलबार मा प्रकाशित ( १२ महिना अघि) १०१३८ पटक पढिएको
नारी बाटिका


झापा २५ मंसिर ।

झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीले घरेलु कामदारको रुपमा राखिएकी बालिकालाई बलात्कारपछी पक्राउ परेका छन् ।

आफ्नै  घरमा काम गर्दै आएकी एक १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।

समाजका रक्षक मानिने राजनितिक कर्मी त्यमाथी पनि मेयर भैसकेका व्यक्तिबाट बलात्कृत भएकी पीडित बालिकालाई काँकडभिट्टा नाकाबाट आफन्त नेपालका प्रतिनिधिले प्रहरीको सहयोगमा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले जबरजस्ती करणी गरेको उजुरी दिएपछी सोही आधारमा पक्राउ परेका हुन् । बालिकालाई शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस